Monday, December 9, 2013
एक दशक पछि बाग्लुङ—कुश्मिशेरा सडकले मुहार फेर्ने
बाग्लुङ—कुश्मिशेरा सडकको स्तरोन्नती गर्ने तयारी भएको छ । एक दशक अगाडि ट्रयाक खोले पनि दुरावस्थामा रहेको उक्त सडक खण्डको एसियाली विकास बैंकको १८ करोड सहयोगमा सुधार गर्न लागिएको हो ।
२१ किलोमिटर लामो सो सडकमा बाग्लुङदेखि कुश्मिशेरा पुग्न सवारी साधनलाई न्यूनतम चारदेखि ६ घण्टासम्म लाग्ने भएपछि यात्रु निकै समस्यामा छन् ।
सवारी गुडाउन निकै समस्या भएपछि दातृ निकायको सहयोगमा स्तरोन्नती गर्न लागिएको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । सो रकमबाट सडक साढे दुई मिटर चौडा गर्ने, ग्राबेल, रिटेनिङ वाल, ग्वाविन भर्ने, कलभर्ट निर्माण लगायतको काम हुनेछ ।
सो सडकको आसपासका ४ सय ८ घरधुरीले जग्गा समेत उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढेको छ ।
२०५१ सालमा निर्माण सुरु भएको सो सडकमा नेपाल सरकार, जिल्ला विकास समिति, स्थानीय र एसियाली विकास बैँकको अहिलेसम्म १ अर्ब रुपैयाँ खर्च भैसकेको छ
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment